ghar sansar

अहमदिया मुस्लिम जमातको ९ औं वार्षिक सम्मेलन सम्पन्न

khasi

अशोक सार्की
पर्सा । अहमदिया मुस्लिम जमातले आयोजना गरेको ९ औं राष्ट्रिय वार्षिक सम्मेलन अर्थात जलसा सालानाको दोस्रो दिन कार्यक्रम सम्मेलन सकिएको छ । ईस्लामिक धर्मावलम्बीको धार्मिक झण्डा र नेपालको राष्ट्रिय झण्डा एकसाथ फरफराएर कार्यक्रम समारोहमा प्रवेश गरिएको थियो ।

dirghayi clinic

मोहन अहमद ( अहमदिया मुस्लिम जमात राष्ट्रिय सदनका अध्यक्ष )को अध्यक्षता तथा मोहमद नसिम खान साहब ( भारत,नेपाल ,भुटानका इन्चार्ज ) को प्रमुख आतिथ्यमा सुरु भएको उक्त कार्यक्रममा जनप्रतिनिधि , विभिन्न राजनीति दलका प्रतिनिधिका साथै अन्य समुदायका धर्मावलम्बीगुरुहरुको समेत उपस्थित रहेको थियो ।

ratnam

अतिथिहरुमा प्रहलाद गीरी ( पुर्व माननीय तथा जसपा नेता ) , मोहम्मद तबरेज अहमद ( जसपा नेता), सुरेश मेहता( नगर प्रमुख पकहाँ मैनपुर ) यसैगरी दीपक बिसि नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य , कञ्चन गिरी नेता नेकपा माओवादी केन्द्र , मानसिंह एस. के. एवम् धर्मगुरुबाट अतिथिहरुमा भाइ हेम सिंह ( सिख समाज पर्सा ) , प्रेम प्रसाद घिमिरे ( क्रिश्चियन समाज पर्सा ) र कुमेश कुमार ( ॐ शान्ती ) रहनुभएको उक्त कार्यक्रम शेख महोमद स्माईल (तिलावत ), , महोमद क्यामूल्ला अहमद,(नजम ) हासिम अहमद (नजम ), सैयद सिराज अहिमद , मोहमद हबिबुल्ला उमर, नईम अहमद र डा. मोहमद स्माई साहब ( अफ्सर जलसा सालाना नेपाल तथा अध्यक्ष जेष्ठ नागरिक अहमदिया संघ नेपाल )ले अहमदिया जमातको महत्त्व र अल्लाहको औचित्य र उहाका भनाइका बारे व्याख्यात्मक प्रशिक्षण गरेका थिए ।

अधिकान्श अतिथि वक्ताहरुले समग्र जगतको भलो हुनुका साथै शान्ति र भाईचाराको सन्देश जाने बताउदै अहमदिया मुस्लिम जमातको कार्यहरू स्वागतयोग्य रहेको बताउदै समर्थन जनाएका छन । देशको र जगतको भलाईको कामनाको दुवाका साथ नैतिक आध्यात्मिक ज्ञानको प्रकाशबाट पारस्परिक आदर र आपसी समझदारी कायम गर्ने उद्देश्य संचालन गरेको समारोह पुर्णतः सपÞmल भएको इमाम हुसैन अहमद ( कैलाली ,कंचनपुर इन्चार्ज)ले बताए । कार्यक्रमलाई हसिम अहमदले सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...