ghar sansar

भीमदत्त ६ सहित सुदूरपश्चिमका यी चार वडा अध्यक्ष पदको हुँदैछ केही समयमै मतगणना सुरु

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका ४ वडाको अध्यक्षको मत गणना सुरु गर्ने तयारी गरिएको छ । बझाङ, दार्चुला, डोटी र कञ्चनपुरका एक÷एक वडामा मतदान सम्पन्न भएपछि बसेको सर्वदलीय बैठक सकिएको छ ।

भीमदत्त नगरपालिका–६ को अध्यक्षको मतगणना साढे ८ बजेदेखि सुरु गर्ने भएको छ । भीमदत्त नगरपालिका–६ मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

ratnam
dirghayi clinic

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको मत गणना ८ बजेदेखि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। मतदानस्थल रहेको सुर्मा माध्यमिक विद्यालयमा मत गणना गर्ने व्यवस्था मिलाइएको छ ।

डोटीको पूवीचौकी गाउँपालिका–६ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। मत गणनाको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वडा कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गरिने छ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। त्यहाँ पनि ८ बजेभित्र नै मतगणना सुरु गरिँदैछ। वडा कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गरिने छ।

Himal dental
सम्बन्धित
Loading...