

महेन्द्रनगर । दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे। कांग्रेसका कुँवरले १८ मतान्तरले जित हासिल गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरे । यहाँ ८ सय ७७ मत खसेका थिए । विगतको चुनावभन्दा नेकपा माओवादी केन्द्रको यो उपचुनावमा मत घटेको छ ।
माओवादीले जितेको वडामा तेस्रो स्थानमा खुम्चिन पुगेका छ। २०७९ को स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भएको थियो ।

