

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा काँग्रेसका प्रकाश चन्दले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ३६९ मत ल्याएका
छन् । उनलाई एमालेका बहादुर चन्दले पछ्याई रहेका छन् ।चन्दले १७१ मत ल्याएका छन्। राप्रपाका सुशिल कुमार भट्ट १२७ मत ल्याएका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा ४१, रास्वपाका रामदत्त भट्ट ६२ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका जितेन्द्र चन्द ७७, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक ६०, अर्का स्वतन्त्र युवराज चन्द ३४, माओवादी केन्द्रका नानाराम कोली ४५, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहरा ४ मत ल्याएका छन् ।

अहिलेसम्म १०२१ मत गणना गरिएको छ । त्यसमा १७ मत बदर भएका छन् ।
