

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार बहादुर चन्द लाई ६ सय २० मतको पछि पार्दै कांग्रेस उम्मेदवार प्रकाश चन्द वडाध्यक्षमा निर्वाचित भएका हुन् । २ हजार ९ सय ९१ मत मध्ये उनले १ हजार१०७ मत पाएका थिए भने एमाले उम्मेदवार चन्दले ४८७ मत पाएका थिए । राप्रपाका सुनिल कुमार भट्ट तेस्रो भए । उनले ३६९ मत पाएका थिए ।
काँग्रेसका वडा सभापति उनी नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका हुन् । २०७९ को निर्वाचनमा काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि आइतबार उप निर्वाचन भएको हो । खड्काले २०७९ मा पहिलो पटक निर्वाचन जितेका थिए । उनको गत वर्ष निधन भएको हो ।

खड्काले पहिलो ६ नम्बर वडामा कम्युनिष्ट किल्ला भत्काएर जित हासिल गरेका थिए । चन्दले त्यसलाई निरन्तरता दिँदै चुनाव जितेका छन् । चन्दले चुनाव प्रचारमा खड्काको योजना पूरा गर्ने मतदातासित वाचा गरेका थिए ।
२०७४ मा पहिलो पटक वडा अध्यक्षका लागि आकाँक्षा राखेका उनी २०७९ मा टिकटका दाबेदार थिए । चन्दले दुई निर्वाचनपछि उप निर्वाचनमा टिकट पाएका थिए । उनी पहिलो पटक चुनाव लडेर निर्वाचित भएका छन् ।
विद्यार्थी राजनीतिमा उनी नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिको चुनाव लडेका थिए । वडा अध्यक्ष निर्वाचित चन्दले अपेक्षित मत आएको बताए । उनले उप निर्वाचनमा धेरै मतदाता काँग्रेससित खुलेर लागेकाले आफू नतिजा आउनेमा आशावादी भएको बताएका हुन् ।
निर्वाचन प्रचारको सुरुमा केही समस्या देखिए पनि त्यसलाई हल गर्दै गएको उनले बताए । उनले सबैको साथ सहयोगले निर्वाचनमा आफूले सफलता पाउनु लागेको बताए ।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका चन्द पार्टी राजनीतिमा आएका हुन् । उनी काँग्रेसको १४ औं महाधिवेशनबाट काँग्रेसको भीनपा ६ को वडा सभापति भएका हुन् । त्यस अघि वडा सचिव थिए । २०७९ मा काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।

१२ बुँदे प्रतिवद्धता बोकर उनी मतदातासित मत मागेका छन् । २५ बैशाख २०४३ मा भीनपा ६ को भगवती टोलमा जन्मिएका चन्द कक्षा ९ र १० मा पढ्दा राजनीतिमा आकर्षित भएका हुन् । बुवाको राजनीतिक पृष्ठभूमिका कारण उनले जागिर नखाएर राजनीतिक र समाज सेवामा लाग्ने सोच बनाए । जागिर खाने सोच आफूलाई कहिल्यै नआएको चन्दले बताए ।
उम्मेदवार चन्दका बुवा धन बहादुर चन्द पञ्चायतकालमा स्वतन्त्र चुनाव लडेर वडा सदस्य भएका थिए । उनको तीन वर्ष अघि निधन भएको थियो । बुवाबाट राजनीतिमा प्रेरित भएका उनी २०५९ मा क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएर औपचारिक राजनीतिमा होमिएका हुन् ।
तत्कालित सिद्धनाथ बहुमुखी क्याम्पसमा प्रविणता प्रमाण पत्र तह अध्ययनका लागि भर्ना भएपछि उनी नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका हुन् । काँग्रेसको प्रजातान्त्रिक विचारले आफू काँग्रेस राजनीतिमा आवद्ध भएको उनी बताँछन् ।
ऐंठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका उनले बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी गरी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस भर्ना भएका हुन् ।
बहुमुखी क्याम्पसमा विद्यार्थी संघको इकाई समिति सदस्य भएर राजनीति थालेका उनी त्यसपछि उनी संघको जिल्ला समिति सदस्य हुँदै जिल्ला सचिवसम्म भए । बहुमुखी क्याम्पस पढ्दा उनी २०६४ मा नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिमा चुनाव लडेका थिए ।
नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदा उनी काँग्रेसको पार्टी राजनीतिमा लागेका हुन् । काँग्रेस भीमदत्त नगर समितिको सदस्य भएर पार्टी राजनीतिमा आएका चन्द काँग्रेसको १३ औं महाधिवेशनबाट वडा सचिव भएका थिए ।
वडा सचिव हुँदा पनि उनले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकाँक्षा राखे । काँग्रेसले २०७४ मा पिताम्बर भट्टलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको थियो । त्यति बेला काँग्रेसका स्वर्गिय वडा अध्यक्ष महेन्द्र खड्का वडा सभापति थिए । २०७९ को स्थानीय तह निर्वाचनमा फेरि उनी वडा अध्यक्षका उम्मेदवारका आँकाक्षी थिए ।
उनी आफंै वडा सभापति थिए । पार्टीले स्वर्गिय महेन्द्र खड्कालाई उम्मेदवार बनायो । खड्काको निधनपछि हुन लागेको उप निर्वाचनमा वडा सभापति चन्द फेरि आकाँक्षा राखेर उम्मेदवार भएका हुन् ।
