

महेन्द्रनगर । सहकारी क्षेत्रको संरक्षण सम्वद्र्धन र सहकारीमा आवद्ध सम्पूर्ण जनशक्तिको क्षमता अभिवृद्धि, उद्यमशिलता र राष्ट्रिय पूँजी निर्माणमा ऐक्यवद्धता पूर्वक सहकार्य गर्न गराउन स्कुल अफ कोअपरेटिभको अवधारण, उद्देश्य र भावी कार्यदिशा लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक तथा कार्यकारी प्रमुख प्रेम सिह भाटको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक दिप्ती शाहीको प्रमुख आतिथ्यता एबम् कञ्चनपु कोअपरेटिभ क्लबकाअध्यक्ष गणेश दत्त भट्टको विशिष्ट आतिथ्यतामा कर्यक्रम गरिएको छ ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्धक बविता चन्द बमले सञ्चालन गरेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ महेन्द्रनगर शाखा प्रमुख यम डांगी , कैलाली प्रमुख योगेश बोहरा, कञ्चनपुर कोअपरेटिभ क्लबका उपाध्यक्ष अशोक राजजोशी, सचिव बसन्त भट्ट, कोषाध्यक्ष चित्राकुमारी पाण्डेय, सदस्य गजेन्द्र सिंह नायक, राधाअवस्थी, मोहन कुमारी दाहाल, लक्ष्मी भट्ट, कमला भण्डारी लगायतले स्कुलअफ कोअपरेटिभ सञ्चालन र सहकार्य सहकारी र सहकारी क्षेत्रमा आवद्ध रहनु हुने सबैका लागि लाभदायी हुने बताए ।


हरेक सदस्यलाई वित्तिय साक्षरता दिन सक्ने गरी कर्मचारीहरु तयार गर्ने÷तयार हुने ,शिक्षा समितिलाई सक्रिय तुल्याउन सबै सहकारीका शिक्षा तालिम संयोजकको धारणामा एक पताल्याउने ,लेखा संयोजक, समितिको कार्य शुलताअभिवृद्धि गर्ने र आन्तरिक लेखा परिक्षण गर्न सक्ने दक्षजनशक्ति उत्पादन गर्ने, सञ्चालकको सक्रियाता ल्याउन आफ्ना अनुभव आदानप्रदान गर्ने कार्यको थालनी गर्ने कार्यमा सबै सहकारीसंग मिलेर तालिम, गोष्ठी , सेमिनार तथा अध्ययन अवलोकन भ्रमण गर्ने लगायतका विषयमा छलफलल भएको संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताए ।

यसै गरी फिल्ड कर्मचारीलाईआचरण, व्यवहार सुधार गर्न छुट्टा छुट्ट तालिम आयोजना गर्न खर्च बढी हुने भएकोले सामूहिक गर्ने, नयाँ फिल्डमा काम गर्ने वा कार्यलायमा काम गर्ने कर्मचारी तयार गर्ने सहकारी व्यवस्थापन तालिम गर्ने ,बार्षिक रुपमा तालिमहरुको बिषय सामाग्री सहितको क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने ,शिक्षा तालिम कोषमा भएको रकमको २५ प्रतिशत रकम स्कुल अफको अपरेटिभ मार्फत खर्च गर्ने लगायतका विषयमा कार्यक्रम केन्द्रित भएको छ ।


