

महेन्द्रनगर । काँङ्ग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीका संयुक्त उम्मेदवार पराजित गर्र्दै एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका हिक्मत सिह डडेल्धुरा पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भएका छन् ।

सिहले १ मतले समाजवादीका हिक्मत सिंह विजयी भएका छन् भने युनियनका पुष्कर भण्डारी पराजित बनेका छन् ।

त्यहाँ युनियनकै मत क्रस भएको अनुमान गरिएको छ भने अन्य पदाधिकारीसहित एक सदस्यबाहेक अन्य उम्मेदवार पनि समाजवादी सहित प्रेस सेन्टर निकटका संयुक्त उम्मेदवार विजयी भएका छन् । डडेलधुरामा जम्मा ६३ मत खसेको थियो ।
अध्यक्षमा विजयी भएका सिंह यस अगाडिका पनि पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हुन् ।
