


महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रबाट लागूऔषध खैरो हेरोइन सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार भारत उत्तराखण्डको उधमसिंहनगर खटिमाका सलमान शाह र प्रभजोत सिंह खिंडालाई पक्राउ गरिएको हो । उनीहरुबाट ११ दशमलव ८३ ग्राम खैरो हेराइन बरामद भएको छ ।
