

महेन्द्रनगर । प्रहरीले दुई लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले करिब १ लाख ४० हजार ३ सय र अस्थाइ प्रहरी विट सुकासालले करिब १ लाख १७ हजार २१५ गरि जम्मा २ लाख ५७ हजार ५१५ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

उक्त मूल्य बराबरको भन्सार छलीका हार्डबेयका सामान, जुत्ता, कपडा, दाल, चिनी र मिठाई फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ ।

