ghar sansar

पार्टी खोल्ने तयारी गर्दै भीम रावल

little buddha academy
khasi

महेन्द्रनगर । भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा रहेको उनी निकटले जानकारी दिएका छन् । रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए ।

‘भीम रावल चलनचल्तीका कुनै पनि पार्टी प्रवेश गर्नु हुन्न । उहाँ आफ्नो विचार, सिद्धान्त बोकेर अघि बढ्नु हुन्छ,’ कुँवरले भने, ‘एक–दुई दिनभित्रै पत्रकार सम्मेलन मार्फत् धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्नु हुन्छ। उहाँ त्यसैको तयारीमा हुनु हुन्छ।’
पूर्व पार्टी उपाध्यक्ष समेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो ।

dirghayi clinic

२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए। त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन ।

यसबीचमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनायो । सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति बनाइए पनि एकपटक छलफल गर्नेबाहेक त्यसले काम गर्न सकेन ।

२०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए। पार्टी कार्यालय च्यासलमा भएको त्यो भेटले रावल एमालेमा फर्किएर काम गर्ने वातावरण बनाएन ।

साभार : सेतोपाटी

Himal dental
सम्बन्धित
Loading...