

महेन्द्रनगर । उच्च विचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भीमदत्त नगरपालिका १३ का महिलाहरुका लागि व्यवसायिक च्याउ खेती तालिम सञ्चालन गरेको छ ।
संस्थाका अध्यक्ष जनक राज भट्टले एकल तथा आर्थिक सामाजिक तवरले विपन्न रहेका २० जना महिलाले तीन दिनसम्म निःशुल्क तालिम लिने बताएका छन । सहकारीका अध्यक्ष भट्टको अध्यक्षता गरिएको कार्यक्रममा भीनपा १३ का वडा सदस्य हरिश साउद प्रमुख अतिथि थिए ।



कार्यक्रमममा सिद्धनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्ट लगायतका अतिथि थिए । एकल महिला समूह भीनपा १३ का संयोजक जयन्ती महराले स्थानीय सरकारलाई पटक पटक एकल महिला लक्षित कार्यक्रम माग गरेता पनि सुनुवाई नभएकोमा दुःख लागेको बताइन् ।

