ghar sansar

पुनर्वासको सरस्वती माविले यसरी मनायो ४६ औं वार्षिकोत्सव

khasi

अशोक सार्की
पुनर्वास । पुनर्वास नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयले ४६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य र सव्यरुपमा विविध साँस्कृतिक कार्यक्रम साथ मनाइएको छ ।

अतिथि स्वागत , व्याज वितरण र पुरस्कार वितरण तथा सम्मान कार्यक्रमका साथै विभिन्न स्थानीय साँस्कृतिक झाकि सहित शुभारम्भ भएको उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गगन सुनारको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापाको प्रमुख आतिथ्य र विशेष अतिथि निवर्तमान नगर प्रमुख जीवन राज थापा थिए ।

ratnam

यसैगरी अतिथिमा पुनर्वास नगरपालिकाका २ का वडा अध्यक्ष डम्बर बहादुर थापा, काँग्रेसका शुक बहादुर तामाङ , नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरा सिंह साउद , निवर्तमान वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता सन्त कुमार चौधरी लगायत सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापाले कार्यक्रम सम्बोधनका क्रममा विद्यालयको समग्र विकासमा सबै पक्षको भुमिका महत्त्वपूर्ण हुने बताएका छन । एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अनुसार विद्यालय लाई सहयोग गर्न सकारात्मक रहेको बताउदै क्रमशः विद्यालय नमुना बनाउन केहि रचनात्मक कार्य गर्न सक्रिय हुनुपर्ने बताए ।

नमुना बनाउने कुरा मापदण्डअनुसार हुने भएकाले केवल आफुले चाहेर मात्रै नहुने बताए । शिक्षकले चाहेमा गर्न सक्छन् । शिक्षकले बनाउँछु भनेर लाग्यो भने विद्यालय सुध्रिन्छ । भने दोस्रो , विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन वा व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह सक्नुपर्ने बताए ।

dirghayi clinic

कार्यक्रमका विशिष्ट अतिथि एवम् निवर्तमान नगर प्रमुख जीवन राज थापाले शैक्षिक सुधारका कार्यक्रममा आफू निरन्तर सकारात्मक रहेको बताएका छ्न् । विद्यालय व्यवस्थापनका विषयहरु र विद्यालय लाई प्राविधिक र आधुनिकिरण गर्ने बारे आफ्नो कार्यकालमा प्रयास गरेको बताउदै आगामी दिनमा पनि उक्त विषयमा निरन्तरता कायम रहने बताए ।

यसैगरी अतिथिमा उपस्तिथि सबैले विद्यालयको समग्र विकासमा एक भएर लाग्नुपर्नेमा जोड दिएका छन । विद्यालयले आफ्नो ४६औं वार्षिकोत्सव २०८१ को अवसरमा भव्य समारोह साथ विद्यालयको लागी महत्त्वपूर्ण योगदान पुर्याउने महानुभावहरु लाई सम्मान गरेको छ।

निवर्तमान पिटिए अध्यक्ष मीन बहादुर तामाङ , पिटिए सदस्यहरू राजेश्वरी चन्द, रजक बहादुर शाही , पानमती मंगोला , लाल बहादुर चन्द, र गोरखा भुललाई सम्मान प्रदान गरेको छ। त्यस्तै, शिक्षक वीर बहादुर चन्द, कार्यालय सहयोगी शंकर बहादुर सार्की, स्वर्गीय गुरिलाल चौधरी लाई पनि सम्मान गरिएको छ ।

यसैगरी सहयोगदाताका रूपमा विद्यालयलाई उल्लेखनीय सहयोग पुर्याउने पत्रकार लाल बहादुर एस.के. लाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य राजेन्द्र सिंह साउद, धनकला सार्की, र सन्त कुमार चौधरीलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मानित गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण, र सम्मान कार्यक्रमले समारोह लाई विशेष आकर्षक बनाएको थियो भने उक्त कार्यक्रम संचालनको भुमिकामा दिपक सार्की र भिम लाल तामाङले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...