ghar sansar

एमालेबाट लखेटिएका रावललाई राजवादीको स्वागत

khasi

महेन्द्रनगर । नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् ।

शनिबार बिहान विराटनगरमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने,‘एमाले बामाले कम्पनी’मा परिणत भइसक्यो ।’

dirghayi clinic

रावलले ओलीको नेतृत्वलाई ‘आलोचनात्मक विचारको दमन’ का रुपमा टिप्पणी गरेका थिए । एमालेको मूल विचार र सिद्धान्त (माक्र्सवाद–लेनिनवाद) समाप्त भइसकेको जिकिर उनको थियो ।

उनलाई शनिबार बिहान विराटनगरमा राजावादीहरुले स्वागत गरेका छन् । विमानस्थल पुगेका राजावादी समूहले रावललाई ‘जय देश जय नरेश’ नारासहित स्वागत गरेका थिए । झापाका दुर्गा प्रसाईंको ‘नागरिक बचाउ महाअभियान’सँग विगतमा जोडिएका समर्थकहरूले रावललाई स्वागत गरेका थिए ।

‘मातृभूमि जागरण अभियान’ अन्तर्गत रावलले देशभक्तहरूलाई एकत्रित गर्न प्रयास गरिरहेका छन् । यो अभियानलाई उनले कम्युनिस्ट, गैरकम्युनिस्ट र राजावादी सबैलाई समेट्ने राष्ट्रवादी अभियानका रूपमा परिभाषित गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...