ghar sansar

पटक पटक अपमानित भएको भन्दै एमाले केन्द्रीय सचिव भट्टको गृह नगरका पूर्व माओवादी नेता कार्यकर्ताले छाडे एमाले, माओवादी केन्द्रमै फर्किने

khasi

महेन्द्रनगर । कैलालीमा नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका दजनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले एमाले भएर बस्दा आफूहरु पटक पटक अपमानित हुनु परेको भन्दै नगर कमिटी अध्यक्ष समक्ष राजीनामा गरेका हुन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएकोमा आपसी लडाईका कारण टिक्न नसकिने उनीहरुले लेखेको राजीनामा पत्रमा उल्लेख छ ।

ratnam
dirghayi clinic

उनीहरुले एमालेमा बस्दा पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको दाबी समेत गरेका छन् । अपहेलित भएर एमालेभित्र बस्न नसकिने भन्दै ४६ जना संगठित सदस्यले एकसाथ पार्टी परित्याग गरेका हुन् । एमाले भएर बस्दा राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न नसकिने भन्दै उनीहरुले एकसाथ पार्टी परित्याग गरेका छन् ।

ती संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन्। उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरणसमेत गराएका छन् ।

गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए ।

Himal dental
सम्बन्धित
Loading...