ghar sansar

प्रेस चौतारी कञ्चनपुरको आठौं अधिवेशन माघ १० गते

khasi

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको ८औ जिल्ला अधिबेशन माघ १० गते हुने भएको छ । बुधबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण दत्त पन्तको अध्यक्षता तथा नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठको निर्णय अनुसार ८औ जिल्ला अधिबेशन माघ १० गते हुने भएको हो ।

dirghayi clinic

बैठकले अधिबेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । अध्यक्ष लक्ष्मण दत्त पन्तको संयोजकत्वमा कार्यसमिति सहितको मूल आयोजक समिति, सचिव मदन गीरीको संयोजकत्वमा चार सदस्यीय मञ्च व्यवस्थापन समिति र अध्यक्षकै नेतृत्वमा कोषाध्यक्ष धन बहादुर बोहरा, सचिव मदन गीरी सदस्य रहने गरी आर्थिक संकलन समिति गठन गरेको छ ।

बैठकले माघ ५ गतेभित्र सदस्यता नविकरण गरी सक्ने निर्णय गरेको छ । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय नेता श्याम भट्ट, गणेशदत्त भट्ट, लक्ष्मण तिवारी, धर्मा रोकाया, राजेन्द्र नाथ र पत्रकार महासंघ कञ्चनपुर जिल्लाशाखा अध्यक्ष सुरेश धामी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...