ghar sansar

भीमदत्तको विभेद विरुद्ध बोल्न थाले व्यवसायी, बाल मन्दिर र खाद्य कम्पनी विस्थापित पनि सोतेनी व्यवहार गरिएको भन्दै दिन थालियो दबाव

janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले व्यवसायीहरुमाथी विभेद गरेको भन्दै व्यवसायीहरुले उचित व्यवस्थापनको माग अघि सारेका छन् । बाल मन्दिर संघर्ष समिति र खाद्यान्न व्यवस्थापन कम्पनी लिमिटेड संघर्ष समितिले बिहिवार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफुहरुको पनि उचित व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् ।

विगत लामो समयदेखि महेन्द्रनगर वर्षपार्कको पश्चिमतर्फ रहेको नेपाल बाल संगठन बाल मन्दिर र खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरुले भीमदत्त नगरपालिकाको सार्वजनिक जमिन खाली गर्ने निति अनुरुप संचरना हटाउने अभियानमा साथ दिएको बताएका छन् ।

western public academy

तर नगपालिकाले व्यवसायीहरुमाथी विभेद गर्दै केही पहुँचवाला व्यवसायीको मात्रै व्यवस्थापन गर्न खोजिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

dirhayu

खाद्यान्न कम्पनी लिमिटेड संघर्ष समितिका संयोजक शेर सिह कुँबर र बालमन्दिर संघर्ष समिति संयोजक डम्बर बहादुर खड्काद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा ’स्थानीय सरकारले नै सामाजिक न्यायको समेत ख्याल नगरी केही पहुँचवाला व्यवसायीलाई मात्रै व्यवस्थापन गर्ने कुराले हामीमाथि अन्याय गरेको महसुस गरेका छौं, भनिएको छ ।

विज्ञप्तिमा बाल संगठन मन्दिरमा बसेका ४६ व्यवसायी र खाद्यान्नको जमिनमा बसेका १२२ व्यवसायीमाथी पनि कुनै विभेद नगरी उचित व्यवस्थापनको माग गरिएको छ । नगरपालिकाले केही पहुँचवालालाई मात्रै व्यवस्थापन गरि १६८ जना व्यवसायी प्रति सौतेनी व्यवहार नगर्न व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।

आफुहरुको उचित व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...