
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर जिल्ला सल्लाहकार परिषद् अध्यक्ष राम बहादुर बुडालाई मातृशोक परेको छ । बुडाकी ८७ वर्षिया आमा बिस्नादेबी बुडाको बिहीबार निधन भएको छ ।
भीमदत्त नगरपालिका १७ बाँसखेडास्थित निवासमा साँझ ७ बजे निधन भएको अध्यक्ष बुडाका छोरा हिक्मत बुडाले जानकारी दिए ।

महाकाली नदीमा शुक्रबार विहान हिन्दू परम्परा अनुसार दाहसंस्कार हुनेछ । स्वर्गिय बुडाका दुई छोरा राम बहादुर र अर्का बीर बहादुर बुडा छन् ।
