ghar sansar

पुनर्वासमा विद्यार्थीहरुका लागि लागु औषध तथा दुव्र्यसन र शितलहर सम्वन्धी सचेतनामूलक कार्यक्रम

khasi

धन बहादुर बिक
पुनर्वास । लागु औषध तथा दुव्र्यसन र शितलहर सचेतनामूलक कार्यक्रम पुनर्वासमा सम्पन्न भएको छ । भारतीय सिमासंग जोडिएको पुनर्वास नगरपालिका ६ मा रहेको श्री जीवन ज्योति माविमा अध्यनरत कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुहरूलाई लागु औषध तथा दुव्र्यसन र शितलहर सचेतनामूलक कार्यक्रम को आयोजना गरिएको हो ।

पुनर्वास नगरपालिका वडा नम्बर ६ को आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पुनर्वासको सहकार्य मा उक्त सचेतना मुलक कार्यक्रम को आयोजना गरिएको हो ।

पछिल्लो समय समाजमा बढ्दो लागु औषध तथा दुव्र्यसनका कारण युवाहरू कुलतमा फस्दै गईरहेकोले त्यसता विकृति लाई न्युनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष मित्र सिंह लामाले बताए ।

कक्षा ६ देखि कक्षा १० मा अध्ययन गर्ने उमेर समुह का बिद्यार्थीको अत्यन्तै संवेदनशील उमेर भएकोले यस्तो उमेरमा किशोरकिशोरी लहलहैमा लागेर गलत कदम उठाउन सक्छन तथा दुव्र्यसनका आदि बन्ने खतरा बढ्न सक्ने भएकोले त्यसबाट बचाउन बिद्यालय मै गई कार्यक्रम को आयोजना गरिएको अध्यक्ष लामाले बताए ।

गाजा , अफिम , चरेस , सुर्तीजन्य , चुरोट , गुटका , मदिरा जस्ता दुव्र्यशन को लत लागेमा आफ्नो भबिस्य अन्धकार हुनु संगै पारिवारिक तथा सामाजिक वातावरणमा समेत प्रत्येक्ष नकारात्मक असर पर्ने भएकोले यस्ता नकारात्मक असर पर्ने भएकोले यस्ता विकृति हरू प्रति नलाग्न वडा अध्यक्ष लामाले बिध्यार्थिहरूलाई आग्रह गरे ।

dirghayi clinic

सशस्त्र प्रहरी बल बि ओ पी नेपाल पुनर्वास का प्रहरी निरिक्षक चन्द्र सिंह महराले लागू औषध सेवन कर्ता को लक्ष्यण , यसबाट हुने शारीरिक तथा मानसिक नकारात्मक असर तथा कुलतमा फसेका युवाहरूलाई बच्ने उपाय का बिषयमा बिध्यार्थिहरूलाई सहजीकरण गरेका थिए ।

मानसिक असरः– एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको श्रृजना, आत्महत्या गर्न प्रेरित हुने पारीवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारीवारिक दुरी बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि ।

संक्रमणा तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर अन्तमा मृत्यु समेत हुने खतरा का लक्षण देखिने गरेको प्रमुख प्रशिक्षक का रूपमा रहेका प्रहरी निरिक्षक महराले जानकारी गराए ।

औषधि जन्य सामु पदार्थः मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः– पछिल्लो समय नेपाल मा नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि मौलाउदै गईरहेको खतरा बढेको छ , जसबाट हुने नकारात्मक असरमा एकान्तमा वस्न रुचाउने , असमान्य व्यवहार देखाउने ।

दुब्लाउदै जाने ,पढ्न मन नगर्ने ,अपराध कर्ममा लाग्ने ,धन सम्पतिको वरवादी तिर लाग्ने , समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने ,सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने लक्षणहरू रहेको प्रहरी निरिक्षक महराले सचेत गराए ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष मित्रसिंह लामा को सभाअध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षक शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पुनर्वास का प्रहरी निरिक्षक चन्द्र सिंह महरा , बिद्यालय का प्र अ भरतकुमार बस्नेत ले बिध्यार्थिहरूलाई सहजीकरण गरेका थिए । वडा सदस्य ठाकुर अम्गाई ले स्वागत गरेको कार्यक्रम को सञ्चालन वडा सदस्य भावना स्वर्णकारले गरेकि थिईन ।

 

Himal dental
सम्बन्धित
Loading...