ghar sansar

कृष्णपुरमा शव चिस्यान सेवा सञ्चालन

dirghayu ad

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले शव चिस्यान यन्त्र खरिद गरि नगरवासीलाई निःशुल्क सेवा दिन थालेको हो ।

नगरावासीको आवश्यकतालाई मध्यनजर गर्दै शव चिस्यान सेवा सञ्चालन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। ‘परिवारजन विदेश भएका नागरिकलाई शव व्यवस्थापन गर्न समस्या हुन्थ्यो,’ उनले भने, ‘शव चिस्यान यन्त्रले त्यस्ता समस्याको सामाधान गरेको छ ।’

western public academy

शव चिस्यान यन्त्र खरिदका लागि नगरपालिकाले ३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । ठेक्का प्रक्रियाबाट शव चिस्यान यन्त्र ३ लाख ४ हजार रुपैयाँमा खरिद गरिएको छ ।

चिस्यान यन्त्रमार्फत शवलाई केही दिनसम्म शवलाई सुरक्षित रूपमा चिसो अवस्थामा राख्न सकिनेछ । जसका कारण मृतकका आफन्तलाई शवको व्यवस्थापनमा सहजता हुनेछ । नगरपालिकाले शव चिस्यान सेवा निःशुल्क प्रदान गर्ने नगर प्रमुख ओझाको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...