
महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुरले नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रमा रक्त दान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवन दानको मुल मर्मलाई आत्मसात गरी कञ्चनपुर जिल्लामा विरामी तथा विभिन्न् दुर्घटनामा परेका व्यक्तिलाई सहज र सरल रक्त आपुर्ति गर्न पंतञ्जली कञ्चनपुरले हरेक बर्ष रक्तदान कार्यक्रम गर्ने गरेको सन्दर्भ संगै आज पंतञ्जली कञ्चनपुरकी रक्तदान कार्यक्रम संयोजक मञ्जु दहालको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चनपुर जिल्लाभरीका विभिन्न योगसाधना केन्द्रहरु बाट योग साधक तथा ईच्छकु महानुभावहरुले रक्तदान गरेका थिए । जसमा संगठन सचिव पवन कुमार पनेरु, साधना भट्ट, गोबिन्दि बम, गणेश डगौरा, ज्ञानेन्द्र रावल, सुरेन्द्र उपाध्याय, शिवलाल भण्डारी, मोहन जोशी, धनमती भट्ट, निर्मल मल्ल, सलिल खान, गलजोर खान, गोबिन्द प्रसाद भट्ट, आसिस भण्डारी , तेजेन्द्र बडाल, नारायण पन्त, तकदिर अलि, सन्तोष चन्द लगायतले रक्तदान गरेका छन् ।
कार्यक्रममा पतञ्जली कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी, उपाध्यक्ष धन सिह बडाल, पतञ्जली नेपालका केन्द्रिय सदस्य लबराज भट्ट, महिला अध्यक्ष कमला पाण्डेय, महिला पतञ्जली पूर्व अध्यक्ष बिजयालक्ष्मी अवस्थी, कोषाध्यक्ष शमशेर बहादुर चन्द, महिला , प्रशिक्षक विभाग प्रमुख केशव राज पन्त, महिला नगर अध्यक्ष निर्मला पन्त लगायत सहभागी भएका छन् ।
