ghar sansar

मेयर र हाकिम काठमाडौं हिँडेपछि बेलौरीमा अघि बढ्यो करार सेवा कर्मचारी छनौट प्रक्रिया, सेटिङ्गका लागि काठमाडौं हिँडेको चर्चा

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाकामा मेयर पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी कार्यालय बाहिर भएपछि दुई महिना अघि खोलिएको करार सेवाका कर्मचारी छनौट प्रक्रिया सुरु भएको छ ।

अहिले मेयर चौधरी र प्रमुख प्रशासकीय अधिकृत ऐरी दुबै काठमाडौंमा छन् । उनीहरु काठमाडौं हिँडेपछि कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सव इन्जिनियर र सहायक सहायक कम्प्युटर अपरेटर छनौट प्रक्रिया अघि बढाएका हुन् ।

ratnam

कार्यालयले मंसिर ६ गते करार सेवा अन्र्तगत सव इन्जिनियर र सहायक कम्प्यटुर अपरेटर एक÷एक जनाका लागि विज्ञापन खोलेको थियो ।

मंसिर पहिलो साता खोलिएको विज्ञापन अनुसार आवेदन संकलन गरी नगरपालिकाले माघ ७ गते संक्षिप्त सूची सार्वजनिक गरी लिखित परीक्षा गर्ने तयारी गरेको हो । ती दुबै पदका लागि बिहीबार नगरपालिका कार्यालयमा लिखित परीक्षा राखिएको छ ।

सब इन्जिनियर १३ र सहायक कम्प्यटुर अपरेटरमा १ सय २९ जना संक्षिप्त सूचीमा परेका छन् । उनीहरु सबैको बिहीबार लिखित परीक्षा राखिएको छ ।

dirghayi clinic

उनीहरुको लिखित परीक्षा गराउन बर्दगोरिया गाउँपालिकाबाट झपिराज ओझालाई काज फिर्ता गरी ल्याएर जिम्मेवारी दिइएको छ । ओझा आएको दिन उम्मेदवारको संक्षिप्त सूची प्रकाशन गरिएको थियो । 

उनी कार्यालय आएपछि माघ ७ गते उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरिएको थियो । अधिकृत छैठौ तहका ओझा बेलौरी नगरपालिकाबाट काजमा बर्दगोरिया गएका थिए ।

करार सेवाको सब इन्जिनियर पदको संक्षिप्त सूचीमा सत्तारुढ दलका नेताका छोरा पनि छन् । कर्मचारी छनौटमा दलीय पहुँचका आधारमा छनौट हुने व्यापक आंशका छ ।

मेयर र प्रमुख प्रशासकीय अधिकृत कर्मचारी छनौट जिम्मा निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझालाई दिएर राजधानी हिँडेको चर्चा बेलौरीमा छ । 

यी दुई पद छनौटका लागि ओझाको काज फिर्ता गरिएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...