ghar sansar

ऐठपुरको चाँदनी डान्स बारबाट चार भारतीय पक्राउ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित चाँदनी डान्सबारमा पेस्तोल देखाएको आरोपमा चार भारतीय पक्राउ गरेका छन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले डान्सबारभित्र ग्राहकबीच वादविवाद हुँदा हतियार देखाएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

ratnam

पक्राउ पर्नेमा भारत उत्तराखण्ड प्रेमनगर खटिकामा ३२ बर्षिया सञ्जय जेठी, ३४ बर्षिया जिवन सिह, ३२ बर्षिया कोमल विष्ट र ३४ बर्षिया उमेद सिह अधिकारी छन् ।

उनीहरुको साथबाट म्यागजिन पेस्तोल बरामद गरिएको छ । हतियार सहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भईरहेको र हातहतियार खरखजाना अन्र्तरगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...