ghar sansar

बेलौरीमा निमित्त हाकिमको कमाल, एकै दिन लिखित र अन्तर्वार्ता गरी सब इन्जिनियर छान्दै

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाकाले करार सेवाको सव इन्जिनियर पदको लिखित परीक्षमा चार जना उत्तीर्ण भएका छन् । दुई महिनापछि चार दिन अघि संक्षिप्त सूचीमा परेका उम्मेदवारको मंगलबार लिखित परीक्षा गरिएको थियो ।

लिखित परीक्षाको मंगलबार नतिजा प्रकाशन गरी उनीहरुको मंगलबार अन्र्तवार्ता गर्न लागिएको छ । गत मंसिर ६ गते नगरपालिकाले सव इन्जिनियर र सात जना कम्प्युटर सहायक पद करार सेवामा पदपूर्तिका लागि विज्ञापन खोलेको थियो ।

ratnam

संक्षिप्त सूचीमा १३ जना समावेश भएका थिए । उनीहरुलाई लिखित परीक्षाका लागि बोलाइएको थियो । बेलौरीका मेयर पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी दुबै कार्यालय बाहिर छन् ।

उनीहरु दुबै जना काठमाडौं गएका छन । दुबै जना कार्यालय बाहिर भएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझाले पदपूर्ति अघि बढाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले माघ ७ गते संक्षिप्त सूचीमा सार्वजनिक गरी मंगलबार लिखित परीक्षा गराएका छन् । लिखित परीक्षा लगत्तै नतिजा सार्वजनिक गरी उनले अन्तर्वार्ता लिएका छन् ।

dirghayi clinic

बेलौरीमा करार सेवामा एक जना सव इन्जिनियर नियुक्त गर्न लागिएको हो । करार सेवा पदपूर्तिका लागि नगरपालिकाले बर्दगोरिया गाउँपालिकाबाट ओझालाई काज फिर्ता गरी ल्याएको स्रोतको दावी छ ।

मेयर चौधरीको निर्देशनमा निमित्त प्रमुख प्रशासकीय अधिकृतmले पदपूर्ति प्रक्रिया अघि बढाएर सव इन्जिनियर नियुक्त गर्न लागेका छन् ।

कर्मचारी नियुक्ति प्रक्रिया विवादमा परेपछि मेयर र प्रमुख प्रशासकीय अधिकृत ऐरी दुबै कार्यालय बाहिर बसेका छन् । उनीहरु दुबैको सल्लाहमा ओझाले कर्मचारी नियुक्ति गरि रहेका छन् ।

बेलौरीका प्रमुख प्रशासकीय अधिकृत ऐरी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई बाहिर राखेर निमित्त प्रमुखले पदपूर्ति अघि बढाएपछि छनौटमा गम्भीर धाँधली हुने आशंका गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझा बेलौरीबाट काजमा बर्दगोरिया गएका हुन् । करार सेवाका सव इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि उनको काज फिर्ता गरिएको व्यापक चर्चा छ ।

सव इन्जिनियरको लिखित परीक्षा गरिए पनि सहायक कम्प्यटुर अपरेटरको अझै अनिश्चित छ । सहायक कम्प्यटुर अपरेटरमा १ सय २९ जना संक्षिप्त सूचीमा परेका छन् ।

Himal dental
सम्बन्धित
Loading...