

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहराले विपन्न परिवार तथा टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
बडैपुरस्थित बाल विद्या निकेतनका कमजोर पारिवारिक अवस्थाका दुई बालबालिका गरी १० जनालाई स्कुल ड्रेसको ट्रेक सहयाग गरेका छन् ।

उनले सरकारी स्तरबाट निजी विद्यालयलाई सहयोग गर्ने बाटो नभए पनि आफ्नो सहयोग गर्ने इच्छा लागेकाले सानो सहयोग गरेको बताए ।
आफू जनताको सेवक भएको र भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकाप्रति पनि आफ्नो दायित्व सम्झेर सानो सहयोग गरेको उनको भनाई छ ।
बाल विद्या निकेतनका प्रिन्सिपल कृष्ण सिह साउदले वडा अध्यक्ष बोहराले विकाससँगै शिक्षा क्षेत्रको विकास र बालबालिकाको हौसला बढाउने कार्यमा विगतदेखि सहयोग गर्दै आएको बताए ।
उनले निजी विद्यालयलाई पनि स्थानीय सरकारले आफ्नो कार्यक्रममा समेट्नु पने बताए ।
