

महेन्द्रनगर । नेपाल निजामति कर्मचारी संगठन डडेल्धुराको अध्यक्षमा ललित केसी चयन भएका छन् । संगठनको शुक्रबार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः केसी सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा पार्वती जोशी, सचिव बिरेन्द्र भुल, सह सचिव गौतम कुमार शाही, कोषाध्यक्ष जगदीश प्रसाद तिवारी चयन भएका छन ।

समितिमा भीम बहादुर सार्की, गगन बहादुर पाल र दिजराज ओझा सदस्य छन् । नेपाल निजामती कर्मचारी संगठनका सुदूरपश्चिम प्रदेश महासचिव सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा संगठनका अधिवेशन भइ रहेको जानकारी दिए ।
कञ्चनपुरमा शनिबार अधिवेशन हुने लागेको छ । लालझाडी गाउँपालिकामा हुने अधिवेशनबाट संगठनको नयाँ समिति चयन हुने बताइएको छ ।
