ghar sansar

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताको दुव्र्यवहार, घट्ना छानविन गर्न माग

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।

शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुव्र्यहार गरेको घटनाको भत्र्सना गरेको छ। रास्वपा कार्यकर्ताहरुले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली, गलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर अराजक समुहको अगाडि निरिहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

अराजक कार्यकर्ताहरुले सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पु¥याउने कुकृत्यप्रति आपत्ति जनाएको छ । यस्ता कार्यमा संलग्नलाई कारवाहीका लागि कानुनी बाटो खोजिने विज्ञप्तिमा भनिएको छ ।

विदाको दिन प्रदेश सभा सचिवालबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले गइरहेका बेला अनावश्यक रुपमा योजनाबद्ध ढंगले उछृङखल समुहले बाटो छेकेर अमानवीय व्यवहार प्रदर्शन गरेको रावलको सचिवालयले जनाएको छ।
घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...