ghar sansar

निजामती कर्मचारी संगठन कञ्चनपुरमा दोहोरिए चन्द

khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा मान बहादुर चन्द दोहोरिएका छन् । लालझाडी गाउँपालिकास्थित शंकरपुर स्वास्थ्य चौकीमा शनिनबार सम्पन्न १२ औं अधिवेशनबाट तीन वर्ष कार्यकालका लागि चन्द अध्यक्ष चयन गरिएका हुन् ।

समितिको उपाध्यक्ष कमला जोशी र दिनेश राज भट्ट चयन गरिएका छन् । समितिको सचिवमा लाल बहादुर बिष्ट, कोषाध्यक्ष सन्तोस जोशी र सह सचिव लोकराज पन्त चयन भएका छन् । उपाध्यक्ष भट्ट, सचिव विष्ट र कोषाध्यक्ष  जोशी पनि समितिमा दोहोरिएका हुन् ।

ratnam
dirghayi clinic

समितिमा पुनम कुमारी राना,राजु दाहाल,नरेन्द्र चन्द ,दिपेन्द्र कुमार वड,महेश खत्री,सुरेश पन्त ,जय बहादुर कुवर,गोपाल भट्ट,राजेन्द्र खडायत , ,तुलसी बोगटी,झुस राम सार्की,खगेन्द्र भण्डारी सदस्य चयन भएका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कमला बोहरा, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारालामा तामाङ्ग, एमाले जिल्ला लक्ष्मी बुढा, सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापा, कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, माला गौतम,संगठनका सुदूरपश्चिम प्रदेश महासचिव महादेब जोशी लगायतले सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...