

महेन्द्रनगर । सत्तारुढ काँग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निराजन थापा चयन भएका छन् ।

काँग्रेस पार्टी कार्यालयमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा नबिन भट्ट, सचिव पुस्करराज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन । त्यसैगरी समितिमा श्रीकृष्ण भट्ट,कृष्ण दत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की सदस्य चयन भएका छन ।
कांग्रेस कञ्चनपुरका सभापति भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
