ghar sansar

कृष्णपुरको सरस्वती माविमा औषधि खरिदमा व्यापक घोटाला

तीन लाखको औषधि खरिद गरिएकोमा एक लाखको मात्रै, म्याद नाघेका औषधि समेत भेटिए

khasi

मदन गिरी
महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ वाणिस्थित सरस्वती माध्यमिक विद्यायल(प्राविधिक) मा औषधि खरिदमा व्यापक अनियमितता भएको छ ।

विद्यालयको प्रि–डिप्लोमा ईन भेटनरी साईन्स कार्यक्रमका लागि विद्यालयले कोटेसन मार्फत गत जेठमा खरिद गरेको औषधिमा अनियमिता भएको बाहिर आएको हो ।

विद्यालयका कार्यक्रम संयोजकलाई समेत जानकारी नदिई औषधि खरिद गरिएको छ । कोटेशन अनुसार तीन लाखको औषधि खरिद हुनु पर्नेमा एक लाखको मात्रै देखिएको छ । त्यसमा पनि केही औषधि म्याद नाघेको भेटिएका छन् ।

विद्यालयका कार्यक्रम संयोजक धिरेन्द्र कुमार ढुङ्गालले औषधि खरिदमा आर्थिक अनियमिता भएको बताए । उनका अनुसार सिटीईभीटीबाट औषधी खरिदका लागि तीन लाख बजेट आएकोमा कम औषधी खरिद गरिएको बताए ।

प्रयोगशाला र पशु उपचारका लागि आउने किसानका लागि गरिएको औषधी खरिद पक्रियाबारे आफू कार्यक्रम संयोजक भएपनि विद्यालयले कुनै जानकारी नगराएको उनको भनाई छ ।

dirghayi clinic

माग फारम अनुसार एक लाख भन्दा कमको औषधी आएको देखिएको उनले बताए । केही औषधी अंकित मुल्य नभएको, म्याद नाघेको समेत भेटिएको छ । त्यस्तै विद्यालयकी सहायक प्रशिक्षक आस्था जोशीले बिलमा तीन लाखको औषधि खरिद गरेको देखिए पनि एक लाख भन्दा कमको औषधी मात्रै आएको दाबी गरिन् ।

औषधी रुजु गर्दा सम्बन्धित विज्ञ शिक्षकबाट गराउनु पर्नेमा भाषा शिक्षकबाट गरिएको समेत उनले बताईन् । यस विषयमा कुरा उठाउदाँ आफूलाई जागिरबाट नै हटाईदिने धम्की समेत आएको उनको आरोप छ ।

विद्यालय व्यवस्थापन समितिको समेत मिलोमतोमा अनियमिता भएको स्थानीयको आरोप छ । विद्यालयमा भएको अनियमिताबारे जानकारी गराउदाँ समेत समितिले वास्ता नगरेको स्थानीय बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक अम्बदत्त बडुले नियम अनुसार नै खरिद गरेको बताए । उनले तीन लाख बजेटमा दुई लाखको मात्रै औषधी खरिद गरिएको बताए । साथै एक लाख रुपयाँ विद्यालयकै खातामा जम्मा गरेको उनले दावि गरे ।

‘दुई लाखको औषधीले पुग्ने भएपछि विद्यालयले कम खरिद गरेको हो, २५ हजार कमिसन सहितको बाँकी रकम विद्यालयकै खातामा जम्मा गरेका छौँ ।’

प्रअ बडुले भने ‘प्रशासनीक खर्च धेरै हुदा विद्यालय घाटामा छ, अन्य प्रयोजनका लागि बजेट खातामा जम्मा गरिएको
छ ।’ कानुनः शर्सत अनुदानमा प्राप्त बजेट अन्य शिर्षकमा खर्च गर्न पाईदैँन् ।

Himal dental
सम्बन्धित
Loading...