ghar sansar

लिटिल बुद्ध एकेडेमीलाई दुबईमा स्कुल अफ द इयर अवार्ड

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भासीस्थित लिटिल बुद्ध एकेडेमीले स्कुल अफ द इयर अवार्ड प्राप्त गरेको छ । संयुक्त अरब इमेरेटस(युएई) दुबईको हिलटन होटेलमा आयोजित कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको छ ।

विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले अवार्ड ग्रहण गरे । अवार्ड ग्रहणका लागि प्रिन्सिपल मौनी केही दिन अघि दुबई प्रस्थान गरेका थिए ।

ratnam
dirghayi clinic

लिटिल बुद्ध एकेडेमी सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रिन्सिपल मौनीले स्कुल अफ द इयर अवार्डले विद्यालयलाई हौसला मिलेको बताए ।

‘यसले विद्यालय टीमलाई हौसला मिलेको छ’ उनले भने । विद्यालयमा अढाई हजार विद्यार्थी अध्ययनरन छन् । विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुन्छ ।

यस शिक्षा क्षेत्रमा पुगाएको योगदान स्वरुप फोकस नेपाल संस्थाले राष्ट्रिय शिक्षा सम्मान २०८० द्वारा विद्यालयलाई सम्मान गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...