ghar sansar

औषधि खरिदमा विद्यालय व्यवस्थापन समितिको कुनै संलग्नता छैन– अध्यक्ष साउँद

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयको औषधि खरिदमा व्यवस्थापन समितिको संलग्नता नभएको अध्यक्ष अर्जन सिह साउँदले बताएका छन् ।

dirghayi clinic

अध्यक्ष साउँदको भनाई
मिति २०८१ माघ १२ गते विकल्प दैनिक पत्रिकामा कृष्णपुरको सरस्वती माविमा औषधि खरिदमा अनिमिता भएको आरोप शीर्षकमा प्रकाशित समाचारमा मेरो नाम उल्लेख गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलोमतोमा अनिमिता भएको स्थानीयको आरोप भन्ने भनाइप्रति गम्भीर ध्यान आकर्षण भएको छ । छापिएको समाचारमा सम्बन्धित पक्ष विद्यालय व्यवस्थापन समितिलाई सम्बन्धित विषयमा जानकारी नगराई एकतर्फी रुपमा प्रकाशित समाचारले आम जनता र सम्बन्धित निकायमा पर्न गएको असरप्रति हामी गम्भीर भएका छौं ‌। घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ। साथै उक्त विषयको सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीका लागि समेत अनुरोध गर्दछु ।

अर्जुन सिहं साउद
अध्यक्ष
कृष्णपुर नगरपालिका वडा नम्बर २

Himal dental
सम्बन्धित
Loading...