

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सोमबारदेखि सम्हालेका छन् ।
भूमि सम्बन्धि समस्या समाधान आयोगको कार्यालयमा आयोजत कार्यक्रममा अध्यक्ष पन्तले पदभार ग्रहण गरेका हुन् । पन्तलाई केही दिन अघि सरकारले आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, बेलौरी नगरपालिकाका उप प्रमुख जोगराम डगौरा, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट लगायत सहभागी भए ।
अध्यक्ष पन्तले पदभार ग्रहण गर्दै कञ्चनपुरमा अधुरो रहेको भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानमा गम्भीर भएर लाग्ने बताए ।
