


महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीले कञ्चनपुर इन्चाजको जिम्मेवारी पूर्व मन्त्री लाल बहादुर खड्कालाई दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री खड्कालाई इन्चार्ज बनाएको हो ।
सुदूरपश्चिममा कैलाली इन्चार्ज दीर्घ बहादुर सोडारी, डोटी जिल्लाको इन्चार्ज पूर्णा जोशी, अछाम इन्चार्जमा कुलबहादुर कुँवर, बझाङ इन्चार्ज दिल बहादुर सिंह, बाजुरा इन्चार्जमा अजय बहादुर मल्ल, दार्चुला इन्चार्ज प्रमाराम ओड, बैतडी इन्चार्ज माया भट्ट र डडेल्धुरा इन्चार्ज नरबहादुर विष्टलाई जिम्मेवारी तोकिएको छ ।
