ghar sansar

बेदकोटको ५ नम्बर वडामा स्वीट नेपालको सामाजिक लेखाजोखा सम्पन्न

khasi

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा केएनएचको आर्थिक तथा प्राविधिक रुपमा सञ्चालित “एकिकृत महिला र बालबालिका सामाजिक, आर्थिक, सशक्तिकरण” को यस बर्षको सार्वजनिक लेखाजोखा कार्यक्रम बेदकोट नगरपालिका ५ मा गरिएको छ ।

कार्यक्रममा स्वीट नेपालले वेदकोट नगरपालिकाको वडामा गरिएको कार्यक्रमका बारेमा आफुले खर्च गरेको रकमका बारेमा यस क्षेत्रमा रहेका आत्मनिर्भर समुहका सदस्यहरु र सोही वडामा रहेका सरोकारवाला निकाय सहभागी भए ।

स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष चित्रदेव भट्ट प्रमुख अतिथि थिए । कार्यक्रममा बेदकोट नगरपालिका वडा न ५ का अध्यक्ष गणेश विक,वडा सदस्य बछेला सामुदायिक वनका अध्यक्ष बिष्णु दमाई श्री सरस्वती उमाविका अध्यक्ष जयराज बिष्ट प्रहरी चौकीका प्रमुख रुपेश सिह बिष्ट खानेपानी संस्थानका अध्यक्ष लगायत ६२ जना सहभागी भए ।

dirghayi clinic

कार्यक्रममा वडा अध्यक्ष भट्टले समाजमा पछाडी पारिएका महिला तथा वालवालिकाको क्षमता विकासका लागि यो कार्यक्रम छनौट भई कार्यक्रम वडामा लागु गरिएकोमा संस्थालाई धन्यवाद समेत दिए ।

यसैगरी पूर्व वडा अध्यक्ष गणेश विकले संस्थाले अब आर्थिक क्षेत्रमा समेत काम गर्नुपर्ने र यसका लागी आफु सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउनु भएको छ ।

सोही कार्यक्रममा बछेला सामुदायिक वनका अध्यक्ष बिष्णु दमाईले सामुदायिक बनमा महिला समुहहरुले मसला खेत ीगर्ने भए जमिन सहित सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन त्यसैगरी संस्थाको बजेट तथा कार्यक्रम माथी छलफल समेत गरेका थिए ।

परियोजनाको सम्पुर्ण खर्च संस्थाले पहिलो चरणमा अवधीमा ५१ लाख खर्च गरेको छ । उक्त परियोजना अन्र्तगत महिलाहरुको समाजिक तथा आर्थिक क्षेत्रको समृद्धिका लागी कार्यक्रमहरु गरिएको जानकारी संस्थाका कार्यक्रम अधिकृत मिना आउजीले बताइन् ।

कार्यक्रम बेदकोट नगरपालिका वडा न ३,४,५ र १० मा संचालनमा रही आएको छ । कार्यक्रमको सहजीकरण स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनारले गरेका थिए भने कार्यक्रम संचालन कार्यक्रम अधिकृत मिना आउजीले गरेकी थिईन भने स्वागत समाजिक सहजकर्ता लक्ष्मी बमले गरेकी थिईन् ।

Himal dental
सम्बन्धित
Loading...