ghar sansar

निजामती कर्मचारी संगठन प्रदेश समिति दोस्रो अधिवेशन बिहीबार महेन्द्रनगरमा हुँदै, महासचिव जोशी प्रदेश नेतृृत्वको दाबेदार

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन बिहीबार महेन्द्रनगरमा हुँदैछ । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका संगठन आवद्ध कर्मचारी सहभागी हुन लागेका छन् ।

संगठनका सुदूरपश्चिम प्रदेश महासचिव महादेब जोशीका अनुसार अधिवेशनमा ८४ प्रतिनिधि सहभागी हुने भएका छन् । उनीहरु संगठनको जिल्ला समिति, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र राष्ट्र सेबक बचत तथा ऋण सहकारीबाट प्रतिनिधि चयन गरिएका हुन् ।

,orning glory badhai
dirghayi clinic

प्रदेश महासचिव जोशी अध्यक्षका दाबेदार छन् । एमाले पार्टी कार्यालयमा हुने प्रदेश अधिवेशन संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रदेश अध्यक्षका दाबेदार जोशीले संगठन सुदृढीकरण, कर्मचारीहरुको ट्रेड युनियन अधिकार रक्षा, संघ, प्रदेश र स्थानीय सरकारको सरकारको अस्तित्व रक्षा, कर्मचारी सम्बन्धि ऐन कानुन संशोधन गरी कर्मचारी मैत्रीपूर्ण बनाउने लगायतका प्रतिवद्धता लिएर आफूले संगठनको प्रदेश नेतृत्वमा दावी गरेको बताए ।

तीन वर्ष अघि कैलालीको धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट जोशी सर्वसम्मत महासचिव भएका हुन् । उनी बेदकोट नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत छन् ।

Himal dental
सम्बन्धित
Loading...