ghar sansar

बेलौरीमा सहिद दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता, शान्ति मावि प्रथम स्थान

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाको शिक्षा शाखाले सहिद दिवसको अवसर पारी माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।

नगरपालिकाका २३ विद्यालय सहभागी प्रतियोगितामा बेलौरी नगरपालिका ४ स्थित शान्ति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा महाकाली विद्यालय द्वितीय र ज्ञान सन्ध्या माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेका छन् ।

dirghayi clinic

बेलौरी नगरपालिका उप मेयर जोगराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले कार्यक्रमको अध्यक्षता गरे । सहिद दिवसको अवसरमा नगरपालिकाले बर्सेनी कार्यक्रम आयोजना गर्दै आएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

   

Himal dental
सम्बन्धित
Loading...