

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित जनता बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा खडक सिह विष्ट निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा विष्टले करबीर सिह ऐरीलाई पराजित गरेका छन् । निर्वाचिन विष्टले ३५४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी ऐरी २६१ मत ल्याए । अध्यक्षका अर्का प्रतिस्पर्धी नारायण सिह विष्टले २५० मत ल्याएका छन् ।
सहकारीको अध्यक्षमा महादेब प्रसाद भट्ट निर्वाचित भएका छन् । उनले ५६८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी किसनानन्द भट्टले २२४ मत ल्याए ।
ऋण समिति सदस्यमा ४८९ मत ल्याएर मोहन सिह विष्ट निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी देब सिह विष्टले ३४१ मत ल्याएका छन् ।
