ghar sansar

महेन्द्रनगरमा निजामती कर्मचारी संगठन प्रदेश समितिको दोस्रो अधिवेशन सुरु

khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन महेन्द्रनगरमा सुरु भएको छ ।

निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्य र सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको विशिष्ठ अतिथिमा उद्घाटन समारोह सुरु भएको छ ।

ratnam

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष कोइरालाले पानसमा दिप प्रज्वलन र विशिष्ठ अतिथि पूर्व मुख्यमन्त्री रावलले व्यानर बाचन गरी कार्यक्रम उद्घाटन गरे ।

dirghayi clinic

कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका ८४ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट नयाँ समिति चयन हुने प्रदेश महासचिव महादेब जोशीले बताए ।

उद्घाटन समारोहमा एमाले पोलिटब्युरो सदस्य निरुदेबी पाल, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य गणेश सिह ऐरी लगायतका नेता सहभागी छन् ।

प्रदेश महासचिव जोशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पुष्पा अवस्थीले स्वागत मन्तव्य राखेकी छन् ।

 

Himal dental
सम्बन्धित
Loading...