ghar sansar

लालझाडीका रानाको घरमा भेटिएको भरुवा बन्दुक, रानालाई लिइयो नियन्त्रणमा

khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकाका एक स्थानीयको घरबाट भरुवा बन्दुक बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले लालझाडी गाउँपालिका ३ स्थित पुन्ना रानाले घरबाट बन्दु बरामद गरेको हो । प्रहरीले टोलीले बन्दुक बरामद गरी घरधनी रानालाई समेत नियन्त्रणमा लिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने गोप्य सूचानाको आधारमा घर खानतलासी गर्दा बन्दुक भेटिएको बताए ।

ratnam

घरधनी रानालाई नियन्त्रणलाई लिएर प्रहरीमा राखी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

Himal dental
सम्बन्धित
Loading...