ghar sansar

बेदकोटका मेयर बोहराको प्रमुख आतिथ्यमा नव दुर्गा माविले मनायो ४१ औं वार्षिकोत्सव

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका वडा नम्वर १० स्थित नवदुर्गा आधारभुत विद्यालयले ४१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विहिवार सम्मपन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य विरेन्द्र थापाको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा थिए । विद्यालयको वार्षिक प्रगतिप्रतीवेदन विद्यालयका प्रधानाध्यापक महेश्वर दत्त भट्टले पेश गरेका थिए ।

वि.स. २०४० सालमा विद्यालयको स्थापना भए पनि अन्य वडाका विद्यालय वरावर प्रगती गर्न नसकेको,२०५३ सालमा निम्नमाध्यमिक विद्यालयको अनुमति पाएको विद्यालयमा हाल जम्मा १५४ जना मात्र विद्यार्थी रहेको विद्यालयको करीव दुई विगाह जग्गा जमिन भएपनि हाल सम्म जग्गा धनि प्रमाण पुर्जा (लाल पुर्जा) नभएको, भवन जिर्ण भएको, नत पानी परेको वेला टिन वजेर पठन पठान गर्न सकिन्छ, नत घाम लागेको वेला टिनका जस्ता तातेर पठन पाठन गर्न सकिन्छ, विद्यालयका प्रधानाध्यापक भट्टले बताए ।

dirghayi clinic

उनले भने स्थानिय समाजसेवीको निरन्तर सहयोले विद्यालयमा रंगरोगन, पंखा,लगाउन सफल भएका छौं । बार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा शिक्षा प्रेमी समाजसेवी वेदकोट ९ निवासी भान वहादुर विष्टले सोफा सेट विद्यालयलाई प्रदान गरेकोमा विष्ट परिवारलाई प्रधानाध्यापक भट्टले धन्यवाद प्रदान गरे । साथै सम्पुर्ण सहयोगी अभिभावकलाई कदर पत्र सहित सम्मान गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले भने, नगर पालिकामा हाल २२ वटा सामुदायिक विद्यालय र १८ वटा संस्थागत विद्यालय छन् । सामुदायीक विद्यालयको स्थर सुधारका लागी नगरपालिका लागि परेको र अभिभावकले पनि अ आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा छ ।

अहिले सामुदायीक विद्यालयमा राज्यको धेरै लगानी लागेपनी सो अनुसारको प्रतिफल नमिलेको नगरप्रमुख बोहराले वताए । नवदुर्गा आधारभुत विद्यालयमा पनि प्रति विद्यार्थी ४२ हजार भन्दा वढि लगानि भए पनि सो अनुरुप प्रतिफल नआएको नगर प्रमुले बताए ।

नयाँ शैक्षिक सत्रमा अव विद्यार्थी संख्या वढेर कम्तीमा ४ सय जना हुनुपर्ने त्यसका लागि नगरले के गर्नु पर्ने हो नगरलाई जनाकारी गराउनु पर्ने नगर प्रमुखले भने ।

अहिले दुइ वटा आधुनिक सौचालय वनाइ दिएका छौं लगतै चार कोठे भवन बन्दैछ, सवै कोठामा पांखाको व्यवस्था हुनेछ, मात्र शिक्षक साथिहरुले विद्यालयको पठनपाठनमा ध्यान दिनु पर्ने छ । बार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्पुर्ण सहभागीहरु आएर सहयोग गरीदिएको विद्यालयका अध्यक्ष विरेन्द्र थापाले धन्यवाद दिए ।

Himal dental
सम्बन्धित
Loading...