

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको खेल मैदानमा जारी इन्टनरनेशन फुटबल कपको नवौ संस्करणमा आयोजक इन्टरनेशनल पब्लिक स्कुलको टीम ए ले उपाधि जितेको छ ।
आइतबार विहान भएको फाइनल खेलमा महेन्द्रनगर माविmलाई २–० गोलले हराउँदै उपाधि जितेको छ । उपाधिेसंगै टीम ए ले नगद ५० हजार पुरस्कार र ट्रफी पाएको छ । उप विजेता महेन्द्रनगर माध्यमिक विद्यालयले नगद ३० हजार सहित ट्रफी हात पारेको छ ।

इन्टरनेशनलको टीम बीलाई हराउँदै महेन्द्रनगर मावि र रेडियन्ट माविलाई पराजित गरी इन्टरनेशन टीम ए फाइनल प्रवेश गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्दको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षता इन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले गरे ।
कार्यक्रमका प्रमुख अतिथि चन्द र प्रिन्सिपल भट्टले विजेता र उप विजेता टीमलाई ट्रफी र पुरस्कार वितरण गरे । कार्यक्रममा केन्द्रीय क्याम्पसका प्रिन्सिपल चन्द सहित इन्टरनेशन पब्लिक स्कुलका संयोजक महेन्द्र चन्द, शिक्षक नागेन्द्र कलौनी, महेन्द्रनगर माविका शिक्षक सन्तोस जोशी लगायतले शुभकामना मन्तव्य राखे ।
प्रतियोगितामा आयोजक विद्यालयका दुई सहित १२ टीम सहभागी थिए । विद्यालयका संयोजक चन्दले विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोजना गरिएको बताए ।
समापनमा इन्टरनेशनका अध्यक्ष गौराज बहादुर लिम्बु, सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक महेन्द्र चन्द, बाबुराम रावत लगायतका सहभागी भएका छन् ।

