ghar sansar

दोधारा चाँदनीको सीमा विवादमा गृहमन्त्री मौन बसेको भन्दै एमाले उपाध्यक्ष अवस्थीको आपत्ति

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले सिमा विवादको विषयमा गृहमन्त्री मौन बसेको आरोप लगाएका छन् । दोधारा– चादनी नगरपालिका –८ स्थित धामी टोल क्षेत्रमा भारतीय पक्षले नेपाली भुमि अतिक्रमको प्रयास गर्दा समेत गृहजिल्ला समेत रहेका गृहमन्त्री रमेश लेखक मौन बसेको भन्दै नेता अवस्थिले आपत्ति जनाए ।

मंगलवार सिमा विवादित क्षेत्रमा अनुगमनका लागि निस्किएका एमाले कन्चनपुरका उपाध्यक्ष अवस्थिले दशगजा क्षेत्रमा पटकपटक सिमाना विवाद हुदै आएको र नेकपा एमालेले पटकपटक आवाज उठाउदै पनि आएको बताए ।

उनले भने–’प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि भेटेर पनि कन्चनपुरका सिमाना विवादका विषय समाधानको माग राखेका छौ, सरकारले कुटनैतिक ढंगले पहल गर्ने विश्वास लिएका छौ ।

१६ नम्बर जङ्गे पिल्लर देखि सुन्दरबस्तिमा रहेको १७ नम्बर पिल्लरलाई सिमाना मानेर भारतीय पक्षले एकलौटी ढंगले सिमाना छुट्याउने कार्यदुःखद भएको नेता अवस्थिले बताए ।

भारतीय पक्षले सुरक्षा फौज , ट्याक्टर ल्याएर नेपाली भुमी हडप्ने कार्यगरिरहेको अवस्थामा समेत आफ्नै गृह जिल्ला भएका गृहमन्त्री लेखक मौन बसेको भन्दै उनले आपत्ति जनाए ।

नेता अवस्थिले भारतको सिङ्गो प्रशासन आउँदा समेत गृहमन्त्री मौन बसेको भन्दै यसको घोर भत्सर्ना गरे ।

गृहमन्त्री र यहाको प्रशासन मौन बसेको देखियो उनले भने–’कन्चनपुरका सिडियोले समेत दस गजाको पिल्लरलाई आधार मानेर भारतले आफ्नो तर्फको सिमाना छुट्याएको र नेपाल तर्फको नछुट्याएको प्रतिकृया दिए– जसले नेपाली भुमि असुरक्षित छ यो कदापि सह्य हुदैन। झ

कंचनपुरका सिडियो समेत सपेत झुट बोलेको भन्दै उनले यसमा प्रशासन गैरजिम्मेवार रहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...