ghar sansar

दोधारा चाँदनीमा भारतले नेपाली जमिन कब्जा गर्न खोजेको भन्दै स्थानीय आक्रोशित

khasi

महेन्द्रनगर । दोधारा–चादनी नगरपालिका –८ स्थित धामी टोलमा सिमाना विवाद भएपछि स्थानीयहरुले दश गजा क्षेत्रमा भारतीय अवरोध सह्य नहुने बताएका छन् ।

गत शनिबार साझ देखि भारतीय पक्षले पटकपटक नेपाली भुमिमास्ने प्रयास गर्दै आएको भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् । भारतीय पक्षले सन्दर्भ स्तम्भहरु पछि बनाएको र अहिले सिमाना छुट्याउन खोजेको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

पछि बनाएका रिफ्रेन्स पिल्लरलाई आधार मानेर नेपाल तर्फको भुभाग ओगोट्ने कार्य भारतीय पक्षले गरिरहेको भन्दै विवाद भएको हो ।

मंगलबार नेकपा एमाले कंचनपुरका अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनक अवस्थी, उपसचिब राजिव खड्का सहितका नेताहरू सिमाना विवादित क्षेत्रको अनुगमनमा पुगेका थिए ।

त्यहा भारतीय पक्षले एकलौटी ढंगले नेपाल तर्फको भुभाग ओगट्न खोजेको अध्यक्ष बुढाले बताइन् ।

dirghayi clinic

अध्यक्ष बुढाले दुवै देशका प्रशासन मिलेर सिमाना छुट्याएको भए विवाद नआउने बताइन् । जनतालाई सहजता पुर्वक लैजानुपर्ने बताउदै उनले दुवै देशका प्रशासन मिलेर सिमाना स्पष्ट रुपमा छुट्याइनु पर्ने अध्यक्ष बुढाले बताइन् । पार्टीले यसका लागि प्रशासनलाई घचघचाउने ,सिमाना सुरक्षीत गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिवद्दता जनाइन ।

पुरानो गङ्गे पिल्लरको नक्सा बमोजिम अन्तर्राष्ट्रिय सिमाना बनाइनु पर्ने माग स्थानीयहरुले राखेका छन् ।

दोधाराचादनी नगरपालिका–८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले यहाँको प्रशासनको कमजोरीले यो समस्या निम्तिएको बताए । सिमाना छुट्याउन नेपालका तर्फबाट प्रशासन यहाँ क्षेत्रमा नपुग्दा अहिले यो क्षेत्रमा विवाद देखिएको उनले बताए ।

वडा नम्बर ८ को ४ किलोमीटर बढी भुभागमा विवाद कायम रहेको वडा अध्यक्ष रोकायाले बताए ।

वडा नम्बर ८ स्थित ७९६÷३ को विवादित पिल्ललाई आधार मानेर सिमाना छुट्याइए त्यसको प्रतिकार गरिने स्थानीयहरुले चेतावनी दिएका छन् । स्थानीय गगन खत्रीले दुवै देशका विज्ञ टोली आएर सिमानाको व्याख्या गर्नु पर्ने बताए । यस क्षेत्रमा पहिले देखिनै भारतीय हरुले दवाद दिदै आएको बताए ।

भारतीय पक्षले एकलौटी ढंगले सिमाना छुट्याउदै आएको भएपनी नेपालका तर्फबाट सिमा समस्या समाधान गरिनु पर्ने उनले माग राखे ।

पुरानै जङ्गे पिल्लरको सिमानाका आधारमा सिमाना छुट्याइनु पर्ने स्थानीयहरुको माग छ । यहाँ सिमानाको लाइन सिधा नभएको अवस्थामा भारतीय पक्षको हेपाहा प्रवृत्ति सह्य नहुने भन्दै स्थानीयहरुले यसको कडा विरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...