ghar sansar

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २७ औं वार्षिकोत्सवमा अनाथा बालबालिकालाई भोजन

khasi

महेन्द्रनगर । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २७ औं वार्षिकोत्सव बुधबार मनाईएको छ । २७ औं बार्षिक उत्सवको अवसरमा सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगरद्वारा महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा भोजन वितरण कार्यक्रम गरेको छ ।

dirghayi clinic

मंगलवार पनि वार्षिक उत्सवको एक दिन अगाडी वाट नै होटले सालघारीमा रहेको महाकाली मंन्दिरमा सरसफाई र महाकाली प्रदेशीक अस्पतालका विशेषज्ञ डाक्टर प्रशान्त भट्ट द्धारा क्यन्सर रोगको रोकथाम तथा निवारण गर्न स्वस्थ्य सम्वन्धी जानकारी गराए ।

देशकै ठुलो होटेल ग्रुप सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको स्थापना माघ २३ गते भएको थियो सोही अवसरमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी महेन्द्रनगरले मंगलवार सरसफाई तथा स्वास्थ्य सम्वन्धि कार्यक्रम गरेको थियो वुधवार अञ्चल बाल अनाथालयमा भोजन वितरण कार्यक्रम गरेको महेन्द्रनगर शाखा व्यवस्थापक भुपेन्द्र देव भट्टले जानकारी गराए ।

Himal dental
सम्बन्धित
Loading...