ghar sansar

सुदूरपश्चिम विश्वविद्यालयले पोखरामा राख्यो रेकर्ड

महेन्द्रनगर । पोखरामा सम्पन्न दोस्रो विश्वविद्यालय खेलकूद प्रतियगितामा सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो स्थान हासिल गरेको छ । विश्वविद्यालयले तीन स्वर्ण सहित ८ पदक जितेको छ ।

प्रतियोगितामा स्वर्ण र कास्य समान ३÷३ र २ रजत जितेको छ । विश्वविद्यालयको कानुन संकायका मुकेश विष्टले तीन स्वर्ण जितेका हुन् ।

उनले प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडीको रेकर्ड बनाएको विश्वविद्यालयका कर्मचारी प्रदिप तिवारीले जानकरारी दिए । माघ २३ र २४ गते भएको प्रतियोगितामा सुप विश्वविद्यालय सहित ९ टीम सहभागी भए ।

   

Himal dental
सम्बन्धित
Loading...