ghar sansar

सुदूरपश्चिम विश्वविद्यालयले भोलिदेखि गर्दैछ अन्तर्राष्ट्रिय सम्मेलन

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालयले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
विश्वविद्यालयले शुक्रबार देखि सम्मेलनको आयोजना गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन यही माघ २५,२६ र २७ गते तीन दिन सम्म गरिने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जसका लागि तयारी पूरा भएको सम्मेलनका सह संयोजक डा. दिपक चन्द्र भट्टले जानकारी दिए ।

नेपालमा भएका अनुसन्धान, विकास र परिवर्तन सम्बन्धमा विशेष तह विभिन्न आठ ओटा विषय सम्मेलनमा समावेश गरिएको डा. भट्टले जनाए ।

जसमा सामाजिक धारणा, योजना, विकास, कला र सस्कृती लगायतका विषयहरुको अनुसन्धानमा सहभागीताका लागि आह्वान गरिएको थियो ।

जसमध्ये छनौटमा परेका विषयहरुलाई सम्मेलन मार्फत तीन ओटा हलमा संचालन गरिने जनाइएको छ ।

सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न १३ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । “सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, डा. भट्टले भने, “यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।”

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उनको भनाइ छ । “सम्मेलनमा अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरिएको छ” उनले भने ।

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी हुने भएकाले यो बहुविधाको सम्मेलनका रूपमा रहने उनले बताए । “सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पुर्याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्ने उनले विश्वास व्यक्त गरे ।

विश्वविद्यालयले यस अघि सन २०२२ मा अक्सफोर्ड युनिभर्सिटीको समन्वयमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...