

महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगर अध्यक्षमा भान बहादुर साउँद चयन भएका छन् । शनिबार सम्पन्न संगठनको तेस्रो नगर अधिवेशनबाट साउँदको अध्यक्षतामा नगर समिति चयन गरिएको छ ।
भीमदत्त नगरपालिका १८ जानकी टालस्थित सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि. को सभा कक्षमा अधिवेशन गरिएको छ ।

संगठनका निवर्तमान अध्यक्ष सोमराज जोशीको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा संगठनका केन्द्रीय सदस्य भवानी चन्द प्रमुख अतिथि थिए ।
उद्घाटन कार्यक्रममा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष चन्द्रकला पन्त, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी, पेशागत महासंघ कञ्चनपुरका उपाध्यक्ष हर्क बहादुर चन्द, एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमदत्त नगर अध्यक्ष नवराज जोशी, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बहादुर चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।
कार्यक्रममा गत शैक्षिक सत्रमा अवकाश भएका संगठन आवद्ध शिक्षकहरुलाई सम्मान गरिएको छ । उनीहरुमा चन्द्रकला पन्त, बहादुर चन्द, जानकी बोहरा लगायतका छन् । राजेन्द्र प्रसाद भट्टले उद्घाटन कार्यक्रम सञ्चालन गरेका थिए ।
