ghar sansar

निजामती कर्मचारी युनियन कञ्चनपुर अध्यक्षमा सिंह चयन

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुर अध्यक्षमा गणेश बहादुर सिंह चयन भएका छन् । कञ्चनपुर उद्योग बाािणज्य संघको सभा कक्षमा शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

नयाँ समितिको उपाध्यक्षमा अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी) चयन गरिएका छन् । यसैगरी सचिवमा अनिल चन्द (अंकुर), सह–सचिव लक्ष्मण सिंह नेगी र कोषाध्यक्ष जयराज पनेरु चयन भका छन् ।

समिति सदस्यमा जगदीश बहादुर भाट, राम दत्त जोशी, दिवाकर प्रताब सिंह, गणेश राज जोशी, टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रकाश पाठकले बताए ।

बाँकी रहेका सदस्यहरु कार्यसमितिले पुर्णता दिने जनाएको छ । ‘राष्ट्रसेवा निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नारासहित नवौँ जिल्ला अधिवेशसन सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापाले अधिवेश उद्घाटन गरे । कार्यक्रममा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...