
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट अधिवक्ता टेक बहादुर कठायत नेपाल कानुन व्यवसायी परिषद्को पार्षद निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा १४५ मत ल्याएर कठायत पार्षद निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी अधिवक्ता निरञ्जन प्रसाद विष्टले १०८ मत ल्याएका छन् । निर्वाचिन कठायत डीएलए र विष्ट पीएलए टीमबाट चुनाव लडेका थिए ।
