ghar sansar

मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा सार्की

khasi

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न नगर सम्मेलनबाट सार्कीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको छ ।

dirghayi clinic

मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यमा सम्मेलन गरिएको छ । समाजका राजेन्द्र आग्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रमेश तिरुवाले राखेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम रान, नर बहादुर धामी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु तेज बिक, रमेश तिरुवा, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, समाजका अनुशासन आयोग सदस्य तारा रैकाल, अमिर तिरुवा, सुनकेसा नेपाली, लक्ष्मी ताम्रकार, महेश भट्ट लगायतका सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...